Logo

चितवनको नारायणगढ स्थित शहिद चोकमा किसानले सडकमा तरकारी फालेर विरोध प्रर्दशन गर्दै

२० माघ, चितवन । चितवनको मुख्य बजार नारायणगढ स्थित राजमार्र्गमा किसानहरुले तरकारी सडकमा फालेर आन्दोलनमा उत्रिएका छन । भारतीय तरकारीको कारण स्थानीय तरकारी विक्रिवितरण नभएपछि चितवनका किसानहरू सडकमा तरकारी फ्याकेर आन्दोलनमा उत्रिएका हुन ।

टमाटर, काउली, फर्सी, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका थिए ।

स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित भएका हुन । उनीहरुले नारायणगढको शहिद चोक देखि पुलचोक सम्म मुख्य सडकमा तरकारी फालेर नाराबाजी गरेका छन् ।

चितवनको नारायणगढ स्थित शहिद चोकमा किसानले सडकमा फालेको तरकारी

विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए।

उनले देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्नुपरेको बताए।

भरतपुर १६ स्थित रेसुङ्गा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले धेरै प्रयास गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर तरकारी फाल्नु परेको बताइन्।

अर्का किसान सुसनजंग केसीले कृषि प्रधान देशमा किसानहरू नै सरकारबाट प्रताडित हुनुपरेको बताए। उनले देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश पारेको बताए।

चितवनका किसानको विरोधको यो रुप सडकमा तरकारी फालेर विरोध प्रर्दशन


सम्बन्धित समाचार