Logo

Aerial View

घरजग्गाको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल भ्यालुएटर्स एसोसिएसनका अनुसार अहिले मुलुकका विभिन्न स्थानमा जग्गाको मूल्य औसत ३० प्रतिशतले घटेको हो । तराईका कतिपय क्षेत्रमा ४० प्रतिशतसम्म र गौतमबुद्ध विमानस्थल नजिकका क्षेत्रमा जग्गाको मूल्य ६६ प्रतिशतसम्म घटेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा मधेश प्रदेश रहेको छ । यो प्रदेशमा ४० प्रतिशतसम्म घटेको एसोसिएसनले जनाएको छ । तराईका कतिपय क्षेत्रमा ४० प्रतिशतसम्म मूल्य घटेको छ ।

त्यसपछि लुम्बिनी प्रदेशमा मूल्य घटेको एसोसिएसनले जनाएको छ । यस क्षेत्रमा पनि ३० देखि ४० प्रतिशतले जग्गाको मूल्य घटेको छ । एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जय कुमार महतोले जग्गाको मूल्य धेरै घट्नेमा सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका रहेको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा ३० प्रतिशतको हाराहारीसम्म जग्गाको भाउ घटेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा भने जग्गाको भाउमा खासै धेरै मूल्य परिवर्तन आएको छैन । यी प्रदेशका केही क्षेत्रमा ५ देखि १० प्रतिशतले मूल्य घटेको देखिए पनि काठमाडौं उपत्यकामा भने जग्गाको मूल्यमा खासै परिवर्तन नआएको एसोसिएसनले जनाएको छ ।

घरजग्गाको मूल्य उच्चले घटेपछि बैंक तथा वित्तीय संस्थामा राखिने जग्गाको धितोको मूल्यांकन गरेका इन्जिनियरहरू समस्यामा पर्न थालेका छन् । केही स्थानमा जग्गाको भाउ उच्चले घटेको कारण बैंक तथा वित्तीय संस्थामा राखिने धितोका मूल्यांकनकर्ताहरू कालो सूचीमा पर्ने क्रम बढ्न थालेको मूल्यांकनकर्ताहरूले बताएका छन् ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार बैंकहरूले धितो लिलामीको क्रममा पुनर्मूल्यांकन गर्दा धितो मूल्यांकनकर्ताले पहिले मूल्यांकन गरेको रकमभन्दा दुई तिहाई कम भएमा वा गलत स्थान प्रकृतिको धितोलाई सही हो भनेर मूल्यांकन गरेमा कालो सूचीमा समावेश गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्ता धितो मूल्यांकनकर्तालाई बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कर्जा सूचना केन्द्रले कालो सूचीमा समावेश गर्नुपर्ने व्यवस्था छ । महतोका अनुसार अहिले दुई सय मूल्यांकनकर्तालाई कालो सूचीमा राख्न भन्दै बैंकहरूबाट पत्राचार भएको छ ।


सम्बन्धित समाचार