२ जेठ, काठमाडौं । रक्षामन्त्री मानवीर राईले सरकार संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा १० हजार शान्ति सैनिक खटाउन तयार रहेको बताएका छन् ।
रक्षामन्त्री मानवीर राईले जर्मनीको बर्लिनमा वैशाख ३० र ३१ गते भएको ‘यूएन पिसकिमिङ मिनिस्टरियल, २०२५’ मा यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले सन् १९५८ देखि नै बिनाकुनै सर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको स्मरण गर्दै शान्ति मिसनहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति, सुरक्षा र मानवीय सहायताहरू सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् ।
उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रक्षामन्त्री राई सहभागी भएका थिए ।
सम्मेलनमा ८० भन्दा बढी देशका रक्षा तथा परराष्ट्रमन्त्रीहरूको सहभागिता थियो । सम्बोधनका क्रम रक्षामन्त्री राईले नेपाली शान्ति सैनिकहरूले विश्व शान्तिमा उल्लेख्य योगदान पु¥याएको दाबी समेत गरेका थिए ।














