६ जेठ, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा।डा। विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस नियुक्तिसँगै राष्ट्र बैंकमा लामो समयदेखि देखिएको नेतृत्वको अन्यौल अन्त्य भएको छ। गभर्नरको विषयलाई लिएर केही समयदेखि सत्ता गठबन्धनभित्र देखिएको तिक्तता र सत्ता संकटको सम्भावना पनि तत्कालका लागि टरेको छ।
नयाँ गभर्नर पौडेलको आगमनले राष्ट्र बैंकको प्रशासनिक स्थिरता पुनः कायम हुने अपेक्षा गरिएको छ।

















