Logo

७ जेठ,वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित नयाँ बसपार्कमा बुभबार बिहान बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, वीरगञ्ज महानगरपालिका कार्यालय, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरको संयुक्त आयोजनामा भएको कार्यक्रममा १०१ वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।

बिहान ७ः४५ बजे सुरु भएको कार्यक्रम करिब ८ः४५ बजे सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, खुमलटार ललितपुरका अध्यक्ष डा. किरण पौडेल तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले अध्यक्षता कार्यक्रमको सम्पन्न भएको थियो।

कार्यक्रममा नागरिक समाजका अगुवाहरू, समाजसेवीहरू, विभिन्न सुरक्षा निकायका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीहरू, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार