७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले फौजदारी मुद्दा लागेर निलम्बनमा परेका शिक्षकले अदालतबाट सफाइ पाएमा तलब सुविधा नरोक्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले फौजदारी मुद्दा लागेर निलम्बनमा परेका शिक्षकले अदालतबाट सफाइ पाएमा तलब सुविधा तलव सुविधा पाउने भनी व्याख्या गरेको हो । अदालतले मुद्दाका कारण शिक्षकहरू थुनामा रहेमा सेवा अवधि गणना हुने भनी व्याख्या गरेको हो । व्यक्तिहत्याको आरोपमा पक्राउ परेर मुद्दा चलेका एक शिक्षकले पुनरावेदन अदालतबाट सफाइ पाएका थिए ।
तर, शिक्षा मन्त्रालयले सचिवस्तरिय निर्णय गरेर उनलाई थुनामा रहेको अवधिमा तलब सुविधा नदिने अनि सेवा अवधि समेत नजोडिने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले मुद्दामा सफाइ पाएको अवस्थामा सबै तलब सुविधा पाउने र सेवा अवधि समेत गणना हुने भनी फैसला गरेको हो ।

















