Logo

८ जेठ,काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा बिहीबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

मंगलबारदेखि उक्त निवेदनमाथि सुनुवाइ सुरु भए पनि बुधबार संवैधानिक इजलासका कारण सुनुवाइ हुन सकेको थिएन । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बिहीबार निवेदनमाथि सुनुवाइलाई निरन्तरता दिनेछ ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । पौडेलले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएकी हुन् ।


सम्बन्धित समाचार