Logo

१४ जेठ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यलाई प्रेस सेन्टर नेपालको सह–इन्चार्जको जिम्मेवारी दिएको छ।

प्रेस सेन्टरको इन्चार्जको जिम्मेवारीमा हाल पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा रहेका छन्। आचार्य यसअघि पार्टीको आईसीटी फोरमको अध्यक्षको जिम्मेवारीमा थिए।

यसैगरी, सेन्टरका निवर्तमान अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य विष्णु सापकोटा ’जुगल’ लाई आईसीटी फोरमको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ। संगठनका निवर्तमान उपाध्यक्ष निर्मल ज्ञवालीलाई भने आईसीटी फोरमको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।

पार्टीले यसअघि नै संगठनका पूर्व अध्यक्ष बलराम थापालाई पार्टीको प्रचार विभागको सचिवको जिम्मेवारी दिइसकेको छ।


सम्बन्धित समाचार
भर्खरै