Logo

२७ माघ,वीरगञ्ज । उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जमा मुदाको चाप बढी हुनु तथा सोको तुलनामा दरबन्दि अनुसार न्यायधिश नहुदा मुदा फर्छयौटमाा समस्या भईरहेको छ । अदालतमा १५ जना न्यायधिशहरुको दरबन्दि भएपनि सात जना न्यायधिशहरु मात्रै भएकोले अदालतको मुदा फर्छयौटमा समस्या उत्पन्न भईरहेको न्यायधिशले नै बताएका छन ।

पर्सा,बारा र रौतहटको मुदाहरु उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जले हेर्ने गरेको छ । मुदाहरुको चाप बढी भएको भएपनि न्यायधिशरु त्यसको तुलनामा कम भएकाले ईजलाश समेत कम नै लागि रहेकाले मुदाको फर्छयौट समेत कम हुने गरेको छ ।

अदालतमा दरबन्दि अनुसारको न्यायधिशहरुको कमिका कारण सातवटा ईजलाश लाग्नुपर्नेमा तीन वटा मात्रै ईजलाश लागिरहेको सञ्चारकर्मीसितको अन्र्तक्रिया कार्यक्रममा उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जका मुख्य न्यायधिश अच्युत प्रसाद भण्डारीले जानकारी दिनु भयो । अदालतमा भएको १५ जना दरबन्दि मध्ये सातजना मात्रै न्यायधिश हुदा मुदाको फर्छयौटमा पनि कमि भएको उहाँले बताउनु भयो ।

अदालतको सेवा र न्यायलाई जनता समक्ष सर्ब सुलभ तरिकाले पारदर्शि रुपमा पुरयाउन सञ्चारकर्मीहरुको भुमिका पनि मुख्य भएको भण्डारीको भनाई छ ।न्यायको सच्चा पहरेदारको रुपमा पत्रकारहरुले काम गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए । चालु आर्थिक वर्षको माघ २५ सम्म उच्च अदालत जनकपुर अस्थायी इजलासमा ४ हजार ५ सय ६४ वटा मुद्दा दर्ता भएका छन् । दरबन्दी अनुसार न्यायधिश नहुँदा ८ सय १४ वटा मुद्दा फर्छ्योट भएका छन् ।

३ हजार ७ सय ५० वटा मुद्दा अझै फर्स्योट हुन बाँकी रहेको अदालतले जनाएको छ । दुई वर्ष नाघेका तीन सय ८० र एक वर्षदेखि १८ महिनासम्मका २ सय १३ वटा मुद्दा छन । ६ महिनादेखि एक वर्षसम्मका ३ हजार एक सय ५७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उच्च अदालतले जनाएको छ । साभार—कान्तिपुर

 


सम्बन्धित समाचार