Logo

२९ माघ, वीरगञ्ज । दोहोरो नागरिकताको अभियोग लागेर गृहमन्त्रालय तथा सम्पत्ति शुद्धीकरण बिभाग ललितपुरमा विचाराधीन अवस्थामा रहेका मुद्दाका रामनरेश साह सोनार भन्ने बच्चा सोनारको कान्छो छोरा सुनिल कुमार सरार्फ लागुऔषधसहित पक्राउ परेका छन् ।

प्राप्त खबर अनुसार प्रहरी चौकी इनर्वाले गत शुक्रवार नियमित चेकजाँचको क्रममा रक्सौलबाट वीरगंज तर्फ आउँदै गरेका सुनिललाई ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याबलेटसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलार्ई वडा प्रहरी कार्यालय बिर्ताले लागुऔषध सम्बन्धी मुद्दा चलाएर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपनि हालसम्म जिल्ला प्रहरी कार्यालयले सार्वजनिक नगर्दा त्यहाँ भित्र ठूलो चलखेल भैरहेको आशंका गरिएको छ ।

 


सम्बन्धित समाचार