Logo

काठमाडौँ — पटकरपटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि गत र चालु आर्थिक वर्षमा गरी करिब तीन दर्जन ठेक्का सम्झौता तोडिएको छ । म्याद थप गरे पनि ठेकेदारले काम बेवारिस बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको छ । सबैभन्दा बढी ठेक्का सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले तोडेको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा १० र गत वर्षको जेठमा ३ वटा ठेक्का तोडेको जनाएको छ । सबैभन्दा बढी तोडिएका ठेक्का पुलसँग सम्बन्धित छन् । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘म्याद थप गर्दा पनि काममा प्रगति देखिएन,’ उनले भने, ‘त्यसैले कारबाही स्वरुप ठेक्का तोडिएको हो ।’ ठेक्का तोडिएपछि कामै नगर्ने ठेकेदारले अदालतमा मुद्दा हालेर अन्तरिम आदेश लिँदै थप प्रक्रिया अघि बढ्न नदिएको उनले बताए । सडक विभागका सूचना अधिकारी श्याम यादवले गत आर्थिक वर्षमा केही रुग्णसहित ३५ वटा ठेक्का तोडिएको बताउँछन् ।

‘लामो समयदेखि काम हुन नसकेका र रुग्ण भई काममा प्रगति नदेखिएका ठेक्काहरु तोडिएको हो,’ उनले भने । उनका अनुसार बाँकी काम सम्पन्न गराउनका लागि पनि सम्बन्धित ठेकेदार कम्पनीबाटै रकम असुल गरिनेछ । ‘सरकारले कानुन बमोजिम बाँकी कामको रकम असुल गर्नेबारेमा जानकारी गराउने हो, सूचना दिँदा पनि ठेकेदारले लागत दाखिला गरेर भौचर पेश नगरे सम्बन्धित कार्यालयमा लेखेर पठाइने छ,’ उनले भने, ‘जुन रकम ठेकेदार कम्पनीको नाममा सरकारी लगत बस्नेछ ।’

तोडिएका ठेक्का सम्झौता

योजनाको नाम निर्माण कम्पनी ठेक्का सम्झौता सक्नुपर्ने अवधि
आरसीसी पुल मादी टिमुरेचौर–सिम्लेपाखा,गिलुङ,कास्की सिरुवा कन्स्ट्रक्सन ०७२/१२/२१ ०७५/३/२०
आरसीसी पुल,विजय खोला, काफलघारी,कास्की सिरुवा कन्स्ट्रक्सन ०७३/३/३० ०७५/३/३०
डुम्रे–वेशिसहर सडक पुर्नस्थापना लामा–च्याङमिला–सुन्दरी जेभी ०६७/१२/१७ ०६८/६/३०
लालबकैया नदि पुल,टिकुलिया,गौर पप्पु कन्स्ट्रक्सन २०७१/३/२४ २०७४/०३/२५
झाँझ नदी पुल,गौर पिपरा समनपुर सडक निलगिरी/नेशनल/क्यानोन जेभी २०७१/३/२९ २०७३/०३/२८
चाँदी खोला पुल,विश्रामपुर हजरिया सपना निर्माण २०७३/३/२८ २०७५/०७/३०
ब्रह्मपुरीचोक पडरिया सडक,सर्लाही गितान्जली/सिंह/खुशी जेभी २०७५/१२/१० २०७६/०३/२०
सखुवादेखि पडरिया बेलही सडक,सर्लाही गितान्जली/सिंह/खुशी जेभी २०७५/१२/१० २०७६/०३/२०
सिमरा–कौडेना–खोरिया–हेमपुर किशनपुर सडक,सर्लाही रुबि कन्स्ट्रक्सन २०७६/८/२५ २०७७/०३/१५
हरिहरपुर–कटानी–मैरा सडक रौतहट गौतम ऋषि कन्स्ट्रक्सन २०७६/८/२५ २०७७/०३/१५
मर्यादपुर–सितलपुर–मेवा सडक रौतहट गौतम ऋषि कन्स्ट्रक्सन २०७६/८/२५ २०७७/०३/१५
बालचनपुर जगलसैया कोल्बी सडक रौतहट सेफ मेटल एण्ड कन्स्ट्रक्सन २०७७/१०/२९ २०७८/०२/२८
सन्तपुर विश्रामपुर हरैया बिनग्रा मधोपुर पिपरा बजार हुदैं गौर सडक रौतहट आरबी कन्स्ट्रक्सन २०७७/१०/१३९ २०७८/०२/१२
गौर पिपरा मधोपुर बिनग्रा सुन्दरपुर हरैया सन्तपुर सडक फैसल एण्ड अफजल कन्स्ट्रक्सन २०७८/२/२६ २०७८/०३/२०
गौर–पिपरा–समनपुर सडक भगवती निर्माण सेवा २०७६/७/१४ २०७७/०३/२५
निजगढ–पतौरा–बंकुल सडक कमोद कन्स्ट्रक्सन प्रालि २०७७/०२/०५ २०७७/०४/३०
रानीपौवा–त्रिशूली सडक स्तरोन्नती दिनेशचन्द्र आर अग्रवाल –नागार्जुन–कोसी एन्ड न्यौपाने जेभी २०७२/३/२ ०७४/११/२१
बालाजु–रानीपौवा–सडक स्तरोन्नति आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल)–शैलुङ जेभी ०७१/२/२२ ०७५/३/३
संखुवासभामा अरुण नदी पुल निर्माण स्वछन्द निर्माण सेवा ०६७/३/२५ ०७०/३/२५
ज्याक्सी पुल,दैलेख सिरुवा–कविर–सुनकोशी जेभी ०७०/४/३ ०७१/४/३
रानीघाट पुल,सुर्खेत पप्पु–मल्ल जेभी २०६९/३/२९ ०७२/९/२९
नारायणगढ–मुग्लिङ सडकमा पुर्नस्थापना कार्यक्रम लोहनी एण्ड सन्स कन्स्ट्रक्सन ०७८/१/१४ ०७८/३/२४
काँक्री मैकोट सडक ग्राभेलस्तरमा स्तरोन्नती पप्पु–कोशी एण्ड न्यौपाने जेभी ०७४/३/२९ ०७६/९/२९
कोथेधार–राप्ला सडकमा ट्रयाक खोल्ने अमर–सुर्य जेभी ०७०/३/२३ ०७१/६/२२

साभार : कान्तिपुर


सम्बन्धित समाचार