Logo

२ फागुन, वीरगञ्ज । बाराको सिमरा स्थित औराहमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ‘सेज’को भवन भत्किएको बिषयमा प्राधिकरणले छानविन गर्ने भएको छ ।
सेजको भवनको पहिलो तला ढलानको क्रममा एक साइडको पिलर भाच्चिए पछि त्यसमा काम गर्दै गरेका २ जना मजदुर सामान्य घाइते भएका छन् ।

उनीहरूको सिमरास्थित तराई अस्पतालमा उपचार पछि घर फर्किएको इलका प्रहरी कार्यालय सिमरा बाराका प्रहरी नायव उपरिक्षक प्रदीप क्षेत्रीले जनाए ।
मोरङ जिल्ला सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् । सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएका हुन् ।

हलको छत भत्किएपछि हिजो इलका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेका सहायक ठेकेदार इटहरीका ४५ वर्षीय प्रदिप बजगाईलाई आज घाइतेहरुको रोहवरमा छोडिएको प्रहरी नायव उपरिक्षक प्रदीप क्षेत्रीेले बताए ।

करिब १० करोड २० लाखको लागतमा प्रदर्शनी हल निर्माण भइरहेको छ । पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए ।

स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् । प्रदर्शनी हल निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ ।

हल एक हजार २५० वर्ग मिटरको बन्ने सम्झौतामा उल्लेख छ । उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा सेजले पाँच अर्बभन्दा बढी खर्च गरिसकेको छ ।
सेजको भवन भत्किएको बिषयमा विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)ले छानविन गर्ने सेजका इन्जिनियर अर्जुन पाण्डेले जानकारी दिए । उनले निर्माण कम्पनीले काम गर्ने क्रममा छत ढलानको टेका लगाउदा लोड व्यालेन्स गर्न नसक्दा उक्त दुर्घटना भएको हुन सक्ने बताए ।

एक साइडको पिलरमा ओभर लोड परेकोले पिलर भाच्चिएको हुन सक्छ, इन्जिनियर पाण्डेले भने “यस बिषयमा के भएको हो प्राधिकरणबाट प्राविधिक टोलीले छानविन गर्ने छ ।” पिलरमा प्रयोग भएको डण्डी (FB 500) क्वालिटिको हो, उनले भने सामाग्री गुणस्तर हिन भएर होईन प्राविधिक रुपमा छतमा टेका राख्दा व्लेन्स मिलाउन नसक्दा यस्तो समस्या भएको हुन सक्ने अनुमन गरिएको छ ।

नक्सा गरिएको छैन

नेपाल सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजको भवन बनाउदाँ जितपुर सिमरा उपमहानगरपालिकामा नक्सा पास नगरी बनाइएको सेजका इन्जिनियर यज्ञराज जोशीले बताए । उनले सेजको आफ्नै स्वामित्वको जमिनमा भवन बनाउदा नक्सा पास नगरिएको जानकारी दिए ।

जितपुर सिमरा उपमहानगरपालिकाका इन्जिनियर संजिव रुपाखेतीले उपमहानगरपालिका भित्र बन्ने कुनै पनि संरचनाको उपमहानगरपालिकामा अनिवार्य नक्सा पास गर्नुपर्ने बताए । उनले सेजको भवन उपमहानगरपालिकामा नक्सा पास नभएकोले त्यसको डिजाईन र त्यसमा प्रयोग गरिने सामाग्रीको बारेमा जानकारी नभएको बताए ।

नेपाल सरकारको स्वामित्वको भवन निर्माण गर्दा अनिवार्य रुपमा स्थानीय सरकारमा नक्सा पास गर्नुपर्ने कानुनी व्यवस्थालाई सेजले उलंघन गरेको देखिन्छ । सेजका इन्जिनियर अर्जुन पाण्डेले भने स्थानीय सरकारको अभ्यास भएको ५ बर्ष मात्र भएकोले नेपाल सरकारको स्वामित्वको भवन स्थानीय तहमा नक्सा पास गर्ने चलन नरहेका बताए ।

कानुनी रुपमा भवन निर्माण गर्दा पास गर्नुपर्ने व्यवस्थाका बारेमा जानकारी नभएकोले पनि नक्सा पास नभएको हुन सक्ने उनको भनाई छ । सरकारी भवनको नक्सा पास गर्ने कानुनी व्यवस्था भए अव नक्सापासको लागि प्रकृया अगाडी बढाउने पाण्डेले बताए ।


सम्बन्धित समाचार