समाचार सारांश AI Generated
- ४९ जनाको मृत्यु र ४ बालबालिका बेपत्ता ।
- स्कूल बस बग्दा ४ बालबालिकाको ज्यान गएको ।
- मुसलधारे वर्षा र पहिरोले सयौं विस्थापित, पूर्वाधारमा क्षति ।
२९ जेठ, काठमाडौँ । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ । बाढीले स्कूल बस समेत बगाउँदा त्यसमा रहेका चार बालबालिकाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् ।
प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य भइरहेको पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानले बताए । यो क्षेत्रमा पछिल्लो एक हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौं परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् भने महत्वपूर्ण पूर्वाधारहरूमा क्षति भएको खबरमा उल्लेख छ ।
ठूलो वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभाव पारेको बीबीसीले जनाएको छ ।















