Logo

२९ जेठ, काठमाडौं । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनीता डंगोलबीचको दुरी घट्दै गएको छ ।

५ महिनापछि कार्यपालिका र नगरसभा बैठक सञ्चालन गर्नेबारे उनीहरुबीच प्रत्यक्ष छलफल भएको छ । मेयर, उपमेयर र केही वडा अध्यक्षहरूबीच हिजो महानगरको कार्यपालिका बैठक बोलाउने र बजेटमा के कसरी ल्याउने भन्नेबारे छलफल भएको महानगर स्रोतले जनाएको छ ।

यसअघि कार्यपालिकाको बैठक पुस १४ गते बसेको थियो । त्यसपछि विवादकाबीच कार्यपालिकाको बैठक बस्न सकेको थिएन ।
मेयर र उपमेयरसँगैको छलफलमा नेकपा एकीकृत समाजवादीका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रवक्तासमेत रहेका वडा नम्बर १७ का कांग्रेसका अध्यक्ष नवीन मानन्धर र वडा नम्बर ३२ का अध्यक्ष एमालेका नवराज पराजुली पनि सहभागी थिए ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न दिने र नदिने विषयमा मेयर र उपमेयरबीच विवाद भएको थियो । पछि बहुमत वडा अध्यक्ष र कर्मचारीको बलमा उपमेयर डंगोलले उनलाई महानगरमा हाजिर गर्ने वातावरण बनाएकी थिइन् । त्यसपछि प्रमुख र उपप्रमुखबीचको विवाद बढ्दै गएको थियो ।


सम्बन्धित समाचार
भर्खरै