Logo

२९ जेठ,काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा आज दिउँसो दुर्घटनामा परेको एयर इन्डियाको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।

अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको फ्लाइट नम्बर एआई१७१ को उक्त विमान टेकअफ गरेको केही मिनेटमै मेघानी नगर क्षेत्रमा दुर्घटनामा परेको थियो। विमानमा चालक दलसहित कुल २४२ जना सवार रहेको बताइएको छ।

भारतीय जनता पार्टीका नेता रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए। उनी पनि सोही दुर्घटनाग्रस्त विमानमा सवार रहेको खबर सार्वजनिक भएपछि घटनाको गम्भीरता थप बढेको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। हालसम्म दुर्घटनाबाट भएको क्षतिको आधिकारिक विवरण आइसकेको छैन। उद्धार कार्य तीव्र पारिएको छ।


सम्बन्धित समाचार