प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ असार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक झण्डै दुई घण्टा ढिलागरी सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अवरोधका कारण निर्धारित समयमा सुरु हुन सकेन।

सत्तारूढ र विपक्षी दलहरूबीच सहमति जुटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक आह्वान गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आ–आफ्ना अडान यथावत राखेपछि सहमति हुन सकेन।

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले संसदको कार्यवाहीमा अवरोध गर्दै नाराबाजी गरेका छन्। अवरोधकै कारण बैठक सुरु भए पनि सुचारु हुन नसकेको छ।

२० दिनदेखि जारी संसद अवरोध अन्त्यका लागि पटक–पटक प्रयास गरिए पनि विपक्षी दलहरूले उठाउँदै आएका माग सम्बोधन नहुँदा गतिरोध कायम छ।


सम्बन्धित समाचार