Logo

१ असार, काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरेपछि संसदमा तनावको अवस्था सिर्जना भएको छ । यस क्रममा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्नका लागि समय दिएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नाराबाजी भइरहेको भन्दै आफूले नबोल्ने बताएका छन् ।

सिंहको अस्वीकारपछि सभामुखले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिएका थिए । शाहीले पनि नाराबाजीकै बीचमा संसद चलाउनु ‘दादागिरी’ भएको भन्दै यसलाई तत्काल बन्द गर्न चेतावनी दिए । उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि सबैले साथ दिनुपर्ने बताए पनि थप केही नबोली आफ्नो स्थानमा फर्केका थिए ।

रास्वपाले भिजिट भिसा र अध्यागमन प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै संसदमा अवरोध सिर्जना गरिरहेको छ । यस घटनाले संसदभित्रको गतिरोध थप चर्काएको छ भने प्रमुख प्रतिपक्षी दल र अन्य साना दलहरूबीचको समन्वयमा पनि चुनौती देखिएको छ ।


सम्बन्धित समाचार