प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२ असार, वीरगञ्ज ।  सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका(६, रेशमकोठीस्थित २ नम्बर रोडमा रहेको रमेश अग्रवालको घरबाट ठूलो मात्रामा अवैध कपडा नियन्त्रणमा लिएको छ।

संयुक्त टोलीले आज (सोमबार) रमेश अग्रवालको दुईतल्ले पक्की घरको भुइँ तल्लामा भाडामा लिएर सञ्चालनमा रहेको जी।के। ट्रेडर्सको गोदाममा छापा मारेको थियो। भारतबाट भन्सार छलेर अवैध रूपमा लुकाई(छिपाई गोदाममा राखिएको अवस्थामा २२ लाख ७१ हजार ९ सय ५० रुपैयाँ बराबरको तयारी कपडा ९भेस्ट, जिन्स पाइन्ट, टि(सर्ट० बरामद गरिएको हो।

बरामद गरिएका कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।


सम्बन्धित समाचार