Logo

४ फागुन, वीरगञ्ज । वीरगञ्जको बसपार्क स्थित डाँफे होटलमा संकास्पद अवस्थामा बसेका ४ जनालाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित बसपार्क नजिक रहेको डाँफे होटलमा बसेका चार जनाको साथबाट प्रतिबन्धित लागु औषध डाइजेपाम(५० एम्पुल, नुरफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल र गाँजा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए ।

लागु औषध सहित पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नंं ८ बस्ने बर्ष १९ को राजु मन्सारी, सोही ठाउँ बस्ने बर्ष २० का राजु रानामगर, बर्ष १९ का विशाल मोक्तान र धादिङ गजुरी नगरपालिका वडा नंं २ बस्ने बर्ष २० का अजय तामाङ रहेका छन ।

उनीहरुको साथबाट लागु औषध गाँजा समेत फेला परेको प्रहरी नायव उपरिक्षक गिरीले बताए । पक्राउ परेका ४ जनालाई लागु औषध सम्वन्धी अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।


सम्बन्धित समाचार