४ असार, काठमाडौं । नेपालको मानव अधिकार तथा शान्ति समाजले इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
समाजले इजरायली दूतावास अगाडि बुधबार बिहान प्रदर्शन गरेको हो। उनीहरूको मुख्य माग पश्चिम एसियामा जारी तनाव अन्त्य गरी विश्व शान्ति कायम गर्नु रहेको छ। उनीहरूले युद्धका कारण विश्व शान्तिका लागि थप खतरा उत्पन्न भएको भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। इजरायलले गत जुन १३ शुक्रबारको दिन ुअपरेसन राइजिङ लायनु नाम दिएर इरानमाथि आक्रमण सुरु गरेको थियो।















