Logo

५ असार, काठमाडौं । सर्पले डसेर डडेल्धुरामा एक जनाको ज्यान गएको छ ।

सर्पले डसेर परशुराम नगरपालिका–७ सादनीका कक्षा ९ मा अध्ययनरत १३ वर्षीय किशोर प्रकाश भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनलाई आज बिहान शौचालय जाँदा सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि तत्कालै अस्पताल पु¥याए पनि उपचारका क्रममा ज्यान गएको हो । भट्टराई स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

स्थानीय बासिन्दा र विद्यालयले घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन्।


सम्बन्धित समाचार