Logo

५ फागुन, वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका–१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई पक्राउ गरेको हो ।

हिजो साँझ ७:१५ बजे प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई शंकास्पद रुपले हिडिँरहेको देख्दा चेकँजाच गरेको थियो । ठकुरीको साथबाट शरिरमा सेतो टेपले बेरी लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागुऔषध डाईजेपाम, नुरफिन र फेनारगन १५÷१५ एम्पुल गरि जम्मा ४५ एम्पुल, नाईट्राजिपाम ट्याब्लेट २८ पत्तामा जम्मा २ सय ८० ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको पर्साका प्रहरी नायव उपरिक्षक प्रवक्ता दिपक गिरीले बताए ।


सम्बन्धित समाचार