६ असार, काठमाडौं । प्रतिनिधि सभामा बजेटको मन्त्रालयगत छलफल सम्बन्धित मन्त्रीहरूको अनुपस्थितिमै अघि बढेको छ। यस विषयमा सत्तारुढ दलकै सांसदहरूले प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनमा मन्त्रीहरू अनुपस्थित भएको भन्दै प्रश्न उठाउनुभयो। यसैगरी, नेकपा ९माओवादी केन्द्र० सहितका दलहरूले पनि संसदमा मन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका छन्। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको टिप्पणी गर्नुभएको छ।
सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ। मन्त्रीहरूको अनुपस्थितिमा बजेटजस्तो महत्त्वपूर्ण विषयमा छलफल हुनुले संसदीय प्रक्रियामाथि नै प्रश्न उठेको छ।















