Logo

सांकेतिक तस्वीर

८ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा आपसी विवादले उग्र रूप लिँदा एक जनामाथि चक्कु प्रहार भएको छ।

चन्द्रागिरि नगरपालिका–४, गोदामचौरमा चक्कु प्रहारबाट ४६ वर्षीय सुकबहादुर लामा घाइते भएका छन्, उनको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ। घटनामा संलग्न २५ वर्षीय महेश्वर लामालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट महेश्वरले मदिरा सेवन गरी विवादकै क्रममा चक्कु प्रहार गरेको बुझिएको छ।

घाइते सुकबहादुर लामालाई उपचारका लागि ललितपुरस्थित बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ। घटनाबारे प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए।


सम्बन्धित समाचार