Logo

९ असार, पोखरा । गण्डकी प्रदेश सभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले बजेट किताब रोष्ट्रमबाटै च्यातेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले आफ्नो जिल्ला म्याग्दीलाई बजेटमा अन्याय भएको भन्दै आक्रोश पोखे।

जुग्जालीले म्याग्दीको भूगोल नबुझी बजेट विनियोजन गरिएको आरोप लगाउँदै अर्थमन्त्री र भौतिक मन्त्रीलाई आफ्नै खर्चमा म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने बताए। उनले म्याग्दीका लागि विनियोजन गरिएको साढे ३ करोड रुपैयाँ र आफ्नो भागमा परेको २ करोड रुपैयाँ समेत फिर्ता लैजान आग्रह गरे।

२ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन। च्यात्न चाहन्छु,ू जुग्जालीले रोष्ट्रमबाटै भने। उनले बजेटमा सत्तापक्षका सांसदहरूमा पनि उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट बहिष्कार गरेको र पुस्तक च्यातेको बताए। गण्डकी प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै सांसदहरू पनि रुष्ट देखिएका छन्।


सम्बन्धित समाचार