Logo

११ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएको ६ लाख ६९ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोली र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त पहलमा वीरगञ्ज महानगरपालिका–१६, नगवा टोलस्थित रमुना सहनीको तीनतले पक्की घरमा छापा मारिएको हो । उक्त घरको भुइँतलामा लुकाएर राखिएको अवस्थामा भन्सार दस्तुर नतिरी भारतबाट अबैध रूपमा ल्याइएका विभिन्न सामग्रीहरू फेला परेका हुन् ।

बरामद गरिएका सामग्रीमा चेयर ह्वील्स, रिभल्भिङ चेयर, जिरा, सोफा कभर लगायतका सामानहरू छन्, जसको अनुमानित मूल्य रु ५ लाख ५७ हजार ७ सय रहेको छ । साथै, ती सामानहरूको ओसारपसारमा प्रयोग गरिएको एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । मोटरसाईकलको मुल्य १ लाख १२ हजार मुल्यांकन गरिएको छ ।

बरामद सामग्री र सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।


सम्बन्धित समाचार