Logo

फाइल—फोटो

७ फागुन,वीरगञ्ज । वीरगन्ज कारागारबाट आज १० जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा कैदी जीवन विताईरहेका उनीहरुलाई प्रजातन्त्र दिवसको अवसरमा रिहा गरिएको हो ।

चालचलनमा सुधार र भुक्तान हुनुपर्ने कैद समयको पचास प्रतिशत भुक्तान गरिसकेकाहरुलाई रिहा गरिएको कारगारले जनाएको छ । रिहा हुनेहरु सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाको १ जना, हातहतियारको १ जना, ज्यान मार्ने उद्योग १ जना, मानिसको लापरवाहीले ज्यान गएको १ जना गरी जम्मा १० जना रहेको वीरगन्ज कारागारका सुचना अधिकारी नवराज बर्तौलाले जानकारी दिनुभयो ।

उत्तम ज्योति कर्मचार्य, गणेश साह तेली, नागेन्द्र चौधरी, योगेन्द्र प्रसाद साह, सागर पाख्रीन, सल्टु महतो, सहदेव महतो नुनिया, शम्भु चौधरी, लालेश्वर चौधरी र राजकपुर पटेललाई बिदाई गरिएको बर्तौलाले बताउनुभयो ।

१० जनालाई बिदा गरेसँगै अब कारागारमा १ हजार ४ सय ८६ जना कैदीबन्दी रहेको उहाँको भनाई छ । कारागारले गणतन्त्र तथा प्रजातन्त्र दिवसको अवसरमा चालचलनमा सुधार र ५० प्रतिशत सजाय कटाईसकेकालाई रिहा गर्ने चलन छ ।


सम्बन्धित समाचार