Logo

८फागुन,वीरगञ्ज ।सामाजिक संस्था फोर जि आर समूहले वीरगञ्जमा आज ३ सय ५० जनालाई रु ५ मा खाना वितरण गरेको छ । ‘घरको खाना सबैको चाहना’ भन्ने नारा सहित वीरगञ्जको घण्टाघरमा संस्थाले हरेक सोमबार रु ५ मा खाना वितरण गर्दै आएको छ ।

गत बुधबारदेखि संस्थाले नारायणी अस्पतालमा पनि खाना वितरण गर्न थालेको छ । सातामा दुई दिन घरमै बनाएको खाना रु ५ मा वितरण फोर जीआर संस्थाको अध्यक्ष नुतन सरावगीले जानकारी दिनुभयो ।

घण्टाघर नजिकै रहेको समर्पण सेवा संस्थामा २९ हप्तादेखि निरन्तर सेवा सञ्चालनमा छ । १ सय प्याकेट खाना र सटर सर्मपण सेवा संस्थाका विरेन्द्र साहले उपलब्ध गराउँदै आउनुभएको छ ।

भने बाँकी खाना संस्थामा आवद्ध सदस्यहरुले घरमै बनाएर ल्याउने गरेका छन् । अभियान मार्फत १ हजार जनालाई खाना खुवाईसकिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले बताउनुभयोे ।

संस्थाले आज ६० जना विपन्न मानिसहरुलाई कपडा पनि वितरण गरेको छ । कपडा बैंकसँगको सहकार्यमा पुरानो कपडा संकलन गर्ने र घण्टाघरबाटै वितरण गर्ने गरिएको संस्थाका अर्का सदस्य दिलिपराज कार्कीले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार