Logo

९फागुन, वीरगञ्ज । कानुन व्यवसायी महिलाहरुको ३० औँ राष्ट्रिय सम्मेलन वीरगंजमा हुने भएको छ । नेपाल बार एशोसिएशन पर्साको आयोजनामा सम्मेलन हुन लागेको नेपाल बार एशोसिएशनले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पेशागत उत्कृष्टता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ यही फगुन १२,१३ र १४ गते वीरगंजमा आयोजना गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएशनका केन्द्रिय उपाध्यक्ष सुधिर कर्णले वीरगंजमा पहिलो पटक कानुन व्यवसायी महिलाहरुको सम्मेलन वीरगंजमा हुन गई रहेको बताउनु भयो ।

उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उहाले देशभरिमा २२ हजार कानुन ब्यवसायी रहेको भएपनि मधेस प्रदेशमा १५ जना मात्रै कानुन ब्यावसायी महिला रहेको बताए ।

‘उनले भने, ‘यो कस्को कारणले हो र किन हो भन्ने उदेश्यका साथ वीरगंजमा यो कार्यक्रम हुन गइरहेको छ । त्यसको मेन उदेश्य हाम्रो प्रदेश, हाम्रो बीरगंज, हाम्रो ठाँउमा महिला कानुन ब्यवसायी किन आउदैँन्न त, । यो भन्दा पहिला २९ औँ राष्ट्रीय सम्मेलन विभिन्न ठाँउमा भएको छ ।

पत्रकार सम्मेलनमा उच्च अदालत बार एशोसिएशनका अध्यक्ष विशाल चौधरी,पर्सा जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष कमल पोख्रेल, वरिष्ठ अधिवक्ता दिपक राज भंडारी, पर्सा बारका भु.पु अध्यक्ष राजनाथ ठाकुर लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार