२५ असार, वीरगञ्ज । उपकार सेवा नेपालद्वारा शारिरिक अशक्तलाई ह्विलचेयर हस्तान्तरण गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० निवासी लक्ष्मी खेतानको एक मात्र छोरा केशव खेतानलाई ह्विल चेयर हस्तान्तरण गरेको हो ।
६ बर्षको उमेर देखी शारीरिक अवस्था कमजोर रहेका उनी अहिले १९ बर्षको उमेर पुग्दासम्म पूर्ण रुपमा अपाङ्ग भईसेको उनका परिवारले जनाएका छन् । परिवारको आर्थिक अवस्था एकदम कमजोर रहेको र स्वास्थ्य अवस्था पनि दयनीय रहेकोले दैनिक जीवनमा सहज होस भन्ने अभिप्रायले ह्विल चेयर उपलब्ध गराएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी बताईन् ।
खेतानको घरमै पुगेर ह्विल चेयर प्रदान गरिएको हो । ह्विल चेयर हस्तान्तरण गर्न संस्थाकी अभिभावक पद्मा देबी सरावगी, सदस्य सुमन बगेडिया ,समाजिक अभियन्ता प्रकाश थारू लगायत गएका थिए ।

















