Logo

२८ असार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि क्यानडाबाट आयात हुने वस्तुहरूमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै एक पत्र पोस्ट गरेका छन्।

ट्रम्पले पत्रमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरेका छन्। नयाँ कर आंशिक रूपमा क्यानडाबाट फेन्टानिलको अवैध प्रवाहका साथै कथित अनुचित व्यापार अभ्यासहरूका कारण लगाइएको बताइएको छ।

उनले यदि क्यानडाले फेन्टानिलको प्रवाह रोक्न संयुक्त राज्य अमेरिकासँग सहकार्य गरेमा शुल्कमा समायोजन गर्ने संकेत पनि दिएका छन्।

 


सम्बन्धित समाचार