Logo

१०फागुन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छलीका लाखौं मुल्य बराबरको कपडा बरामद गरेको छ । गएराति वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाउँ स्थित सडकखण्डबाटबाट २१ लाख ७ हजार ८ सय रुपैयाँको कपडा बरामद गरेको हो ।

अवैध रूपमा भन्सार छली ल्याइएको सर्ट, पाईन्ट तथा सर्टिङ सुटिङका थान कपडाहरू बरामद गरेको प्रहरीले जनाएको छ । ना.७ ख ७९७७ नम्बरको कन्टेनर मालबाहक ट्रकको चालक बस्ने क्यावीनको सिटमुनी फल्स बटम बनाए राखिएको अवस्थामा कपडा फेला परेको थियो ।

बरामद गरिएको कपडाको मुल्य १ लाख ७ हजार ८ सय र ट्रकको मुल्य २० लाख रुपैयाँ अनुमान गरिएको छ । बरामद गरिएको कपडा तथा ट्रक आवश्यक कारबाहीको आज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

त्यसैगरि प्रहरीले विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्राउन लागेको अवस्थामा ४ लाख ४७ हजार ८ सय ७० रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू समेत बरामद गरेको छ ।

बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार