Logo

२९ असार,काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले युक्रेन विरुद्धको युद्धमा रुसलाई ’निःशर्त समर्थन’ गर्ने घोषणा गरेका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले यो जानकारी दिएको हो।

हाल उत्तर कोरियाको भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको भेटवार्ताका क्रममा किम जोङ–उनले रुसले ’युक्रेनी संकटको मूल कारण’ लाई सम्बोधन गर्न चालेका सबै कदमहरूलाई समर्थन गर्ने बताएका हुन्।

पश्चिमी अधिकारीहरूका अनुसार, उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग गर्न ११,००० सेना पठाएको विश्वास गरिन्छ। रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेदेखि दुई देशबीच युद्ध जारी छ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो टेलिग्राम च्यानलमा एक भिडियो पोस्ट गरेका छन्। उक्त भिडियोमा लाभरोभ र किम जोङ–उन हात मिलाउँदै र अँगालो हाल्दै गरेको देखिन्छ।


सम्बन्धित समाचार