२९ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दैछ। महानगरको कार्यपालिका बैठकले आज बिहानै बजेट पारित गरिसकेको छ।
कार्यपालिकाले पारित गरेको यो बजेट आजै दिउँसो २ बजे बस्ने नगरसभा बैठकमा पेस गरिनेछ। नगरसभामा बजेट पेस गर्नुअघि कार्यपालिकाबाट पारित गराउनुपर्ने प्रावधानअनुसार नै महानगरको कार्यपालिकाले बजेट स्वीकृत गरेको हो।
गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो। कार्यपालिका स्रोतका अनुसार, सोही सीमाभित्र रहेर बजेट तयार पारिएको छ।
शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठक जम्मा एक मिनेटमै सकिएको थियो।

















