३२ असार,काठमाडौं । रुसले अमेरिकासँगको कुनै पनि प्रकारको प्रतिबन्धको सामना गर्ने क्षमता आफूसँग रहेको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र युद्धविराम नगरे ठूलो मात्रामा भन्सार कर लगाउने चेतावनी दिएपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ट्रम्पको भनाइको कुनै अर्थ नरहेको बताएका हुन्।
रुसी समाचार एजेन्सी इतार तासका अनुसार, लाभरोभले यसअघि पनि ट्रम्पले कहिले २४ घण्टे र कहिले सय दिनको समयसीमा दिएको स्मरण गराए। उनले भने, “हामीले यसअघि नै अभूतपूर्व प्रतिबन्धको सामना गरिरहेका छौं। अब जुनसुकै प्रकारका नयाँ प्रतिबन्धको सामना गर्ने सामथ्र्य हामीसँग छ।“
यसअघि ट्रम्पले युक्रेनलाई मस्कोसम्म प्रहार गर्ने लामो दूरीका मिसाइल दिने बताएका थिए। तर, उनले पछि आफ्नो बयान फेर्दै युक्रेनलाई मस्कोमाथि हमला नगर्न भनेका थिए।
















