Logo

३२ असार,कर्नाटक । भारतको दक्षिणी कर्नाटकस्थित सामातीर्थ पहाडमा एक रुसी महिला आफ्ना दुई छोरीसहित एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। प्रहरीले जुलाई ९ मा नियमित गस्तीका क्रममा उनीहरूलाई पत्ता लगाएको हो।

प्रहरीका अनुसार, निना कुटिना नामकी ती महिलाको भिसा आठ वर्षअघि नै सकिएको थियो। उनले आफ्ना छोरीहरूसँगै झरनामा नुहाउँदै, चित्रकला गर्दै र कविता लेख्दै जीवन बिताइरहेको बताएकी छिन्। “जंगलमा प्रकृतिसँग रमाउँदै बाँच्नुको महत्त्वपूर्ण अनुभव हामीले गरेका छौं। मैले मेरा छोरीहरू मरुन् भनेर यहाँ ल्याएको होइन। हामी यहाँ जीवित नै रहनेछौं,“ उनले प्रहरीसँग बताएकी छिन्।

कुटिना सन् २०१७ मा भारत आउनुअघि नै चार अन्य देशको भ्रमण गरिसकेको प्रहरीले जानकारी दिएको छ। उनी बिजनेस भिसामा भारत आएकी थिइन्, जसको म्याद सन् २०१७ मा सकिएको थियो। सन् २०१८ सेप्टेम्बरमा उनी नेपाल गएको र त्यहाँबाट फेरि भारत फर्किएको प्रहरीले बताएको छ। उनले आफ्ना बच्चाहरूको बारेमा भने केही बताउन चाहेकी छैनन्। हाल भारतीय अधिकारीहरूले उनलाई अवैध आप्रवासीको रूपमा राखेका छन्।


सम्बन्धित समाचार