Logo

१२ फागुन,काठमाडौँ ।सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घ तथा प्रदेशका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ६१ सहसचिवको सरुवा गरिएको पुष्टि गरे । सरुवाको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको हो । सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका रहेका छन् ।

गृह मन्त्रालयमा रहेका १० जनालाई सरुवा गरिएको छ भने अन्य १० लाई गृहमै ल्याइएको छ । मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, र प्रदेश मन्त्रालयका सहसचिवहरूको पनि सरुवा गरिएको छ । हालै बढुवा भएका १५ जना सहसचिवलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।


सम्बन्धित समाचार