Logo

१३ फागुन, काठमाडौँ । नेकपा एमालेको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार सुवास नेम्वाङ हुने भएका छन् । आज बिहान बसेको सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज पार्टी मुख्यालयमा बसेको पार्टी सचिवालय वैठकले नेम्बाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेम्वाङले आजै उम्मेदवारी दर्ता गराउने बताइएको छ । संविधानसभाका अध्यक्ष र पूर्व सभामुखसमेत रहेका नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

यसअघि कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेस उम्मेदवार पौडेललाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने सहमति भैसकेको छ ।


सम्बन्धित समाचार