Logo

१० साउन,काठमाडौं। थाइल्यान्डसँग सीमामा भएको दुई दिने भिडन्तपछि कम्बोडियाले युद्धविरामको प्रस्ताव राखेको छ। संयुक्त राष्ट्र संघका लागि कम्बोडियाका दूत चिया कियोले शान्तिका लागि निःशर्त प्रस्ताव अघि सारेको बताएका छन्। यद्यपि, थाइल्यान्डले यस प्रस्तावबारे कुनै प्रतिक्रिया दिएको छैन। थाइल्यान्डले यसअघि नै सीमाका आठ जिल्लामा सैन्य शासन घोषणा गरिसकेको छ।
बिहीबार सुरु भएको यस झडपमा दुवै देशका १६ जनाको ज्यान गएको छ भने सीमा क्षेत्रका हजारौं मानिस विस्थापित भएका छन्।

बढ्दो तनाव र आरोप–प्रत्यारोप
थाइल्यान्डका कामचलाउ प्रधानमन्त्री फुमथाम वाचेआईले शुक्रबार यो झडप युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन्। उनले सीमाका १२ स्थानमा झडप भइरहेको जानकारी दिएका छन्। थाइल्यान्डले कम्बोडियाले नागरिक बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ।
यता, कम्बोडियाले थाइल्यान्डबाट ’क्लस्टर युद्ध सामग्री’ (ऋगिकतभच mगलष्तष्यलक) प्रयोग भएको घोषणा गरेको छ। यो युद्ध सामग्री विश्वभर प्रतिबन्धित छ र यसले आम सर्वसाधारणलाई समेत कठिनाइमा पारेको कम्बोडियाको भनाइ छ।

अन्तर्राष्ट्रिय समुदायको पहल

दक्षिण पूर्वी एसियाली राष्ट्रको संगठन (ब्क्भ्ब्ल्) को वर्तमान नेतृत्व गरिरहेको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि दुवै देशसँग सम्पर्क गरेर वार्ताका लागि पहल गरेका छन्। संयुक्त राष्ट्र संघले तत्काल युद्धविराम र शान्तिका लागि पहल गर्नु आवश्यक रहेको जनाएको छ।

क्षतिको विवरण र ऐतिहासिक सन्दर्भ

थाइल्यान्डले १४ जना सर्वसाधारणको ज्यान गएको बताएको छ भने कम्बोडियाले एक जना सर्वसाधारण मारिएको बताएको छ। दुवै देशले सीमामा पूर्वशर्त अस्वीकार गर्दै अघि बढेका कारण युद्ध भएको आरोप एक–आपसमा लगाएका छन्। यी दुई देशबीचको सम्बन्ध सय वर्षअघिदेखि नै बिग्रिएको हो, जुन समयमा फ्रान्सले कम्बोडियामा शासन गरेको थियो।


सम्बन्धित समाचार