Logo

१० साउन,लिमा। पेरुको मध्य क्षेत्र जुनिनमा भएको एक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको ज्यान गएको छ भने अन्य २४ जना घाइते भएका छन्। स्थानीय सञ्चार माध्यम ’ला रिपब्लिका’ले यो जानकारी दिएको हो।

एक्सप्रेसो मोलीना लिडर इन्टरनेशनल नामक यातायात कम्पनीको दुईतल्ले बस तार्मा प्रान्तको ताल्का जिल्ला नजिकैको केन्द्रीय राजमार्गबाट खसेपछि उक्त दुर्घटना भएको बताइएको छ।

घटनापछि उद्धारका लागि राष्ट्रिय प्रहरी, दमकलकर्मी तथा स्वास्थ्यकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। दुर्घटनाग्रस्त बसको संरचनामा च्यापिएका केही यात्रुहरूलाई सावधानीपूर्वक उद्धार गरी फेलिक्स मायोर्का अस्पताल तार्मा लगिएको छ।

प्रहरी प्रशासनले घटनास्थल सुरक्षित गर्दै उद्धार कार्य सहज रूपमा सम्पन्न गर्न आवश्यक सहयोग पु¥याएको थियो। दुर्घटनाको कारणबारे हाल अनुसन्धान जारी रहेको जनाइएको छ। प्रारम्भिक अनुमानअनुसार, तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।


सम्बन्धित समाचार