१३ साउन, जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक भएको एक घटनामा १४ वर्षीया अञ्चली यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।
प्रहरीका अनुसार, सोही घटनामा २६ वर्षीया आशा यादव र राधा यादव घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले दिएको जानकारी अनुसार, घटना राति करिब ११ बजे भएको थियो । घटनामा संलग्न फरार अपराधीको खोजी तथा घटनाको अनुसन्धान तीव्र पारिएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

















