Logo

१३ फागुन, वीरगञ्ज । बाराको जितपुरसिमरा नगर उद्योग बाणिज्य संघले मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई स्वागत गर्दै परिच्यात्मक कार्यक्रम गरेको छ । नगर उद्योग बाणिज्य संघको सभाहलमा दुबैजनालाई उधोगी ब्यावसायीहरुले स्वागत गरेका थिए ।

उद्योगी व्यवसायिहरुले मन्त्री यादव र अन्सारीलाई समसामयिक बिषयमा ध्यानाकर्षण गराउदैँ सफल कार्यकालको शुभकामना दिए । जवाफमा आफूहरुले समसामयिक बिषयलाई समेटी उद्योगी व्यावसायिहरुलाई प्रवद्र्धन गर्ने, रोजगारीको सृजना गर्ने, पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागी गर्नुपर्र्नें कामहरुलाई प्राथमिकतामा राखेर उद्देश्य अनुरुप प्रतिफल प्राप्त गर्नका लागि आफूहरु लागि परेको मन्त्री यादव र राज्य मन्त्री अन्सारीले बताएका थिए ।

सबैजना सहकार्य र समन्वय गर्दै हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता समेत उधोगीहरु समष मन्त्री यादव र राज्य मन्त्री अन्सारीले ब्यक्त गरे । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा उधोगी ब्यावसायी लगायत अन्य क्षेत्रका ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

यसैबिच नेकपा माओवादी केन्द्र पर्साले पनि मन्त्री यादव र राज्य मन्त्री अन्सारीको स्वागत गरेको छ ।शनिबार पार्टी कार्यालय बिरगञ्जमा मधेस प्रदेशको नवनियुक्त पर्यटन उधोग तथा वन मन्त्री सुनिता यादव र मन्त्री रहबर हंसारि स्वागत तथा अभिनन्दन गरिएको थियो । कार्यक्रममा माओबादी के्न्द्रका जिल्ला ईन्चार्ज बिजय महतो,सचिव बालेशवर थारुले मन्त्री र राज्य मन्त्रीलाई फुलमालाले स्वागत र अभिनन्दन गरेका थिए ।


सम्बन्धित समाचार