Logo

१९ साउन, पटना (विहार) । नेपालको छिमेकी मुलुक भारतको बिहार राज्य अन्तर्गत पटना जिल्लाको जानीपुर इलाकामा दुई नाबालकको जलेको शव फेला परेपछि ठूलो हलचल मच्चिएको छ ।

यो घटना एकतर्फी प्रेमको कारण भएको खुलासा भएको छ । प्रहरीले अनुसन्धानपछि आरोपी शुभम र उनका साथी रोशनलाई पक्राउ गरेको छ ।

पटनाको जानीपुर इलाकामा रहेको एक घरभित्र दुई नाबालकको जलेको शव फेला परेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । गत बिहीबार, जुलाई ३१ मा भएको यो सनसनीपूर्ण घटनाको अनुसन्धानपछि प्रहरीले यो घटना एकतर्फी प्रेमसम्बन्धको कारण भएको पत्ता लगाएको छ । आरोपी शुभमले पहिलेदेखि नै पीडितलाई चिन्ने र उनको घरमा आउने–जाने गरेको खुलासा भएको छ ।

पटनाका एसएसपी कार्तिक के शर्माले आरोपी शुभमले नाबालिग केटीलाई पहिलेदेखि चिन्ने र उनीसँग एकतर्फी प्रेम गर्ने गरेको जानकारी दिए । जब केटीले उनको भावनालाई स्वीकार गरिनन्, रिसको आवेगमा उनले यो जघन्य अपराध गरे । शुभम र पीडितको मित्रता रौशन नामक स्कूलका साथीमार्फत भएको थियो ।

एसएसपीका अनुसार, आरोपी शुभम र पीडितको परिवारबीच पुरानो चिनजान थियो । शुभमकी आमा र पीडितकी आमा एम्स अस्पतालमा कर्मचारीका रूपमा काम गर्थे । फुलवारी शरीफका बासिन्दा शुभमलाई यो अपराधमा उनका साथी रोशन कुमारले पनि साथ दिएका थिए । दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यो घटनाको अनुसन्धानका लागि वेस्ट सिटी एसपीको नेतृत्वमा एउटा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ । प्रहरीले २४ घण्टाभित्रै यो मुद्दा सुल्झाएर आरोपीहरूलाई पक्राउ गर्न सफल भयो ।

अनुसन्धानका क्रममा शुभम घटनाभन्दा केही समयअघि पुणेबाट पटना आएको पाइएको छ । उनले हत्याको योजना पहिले नै बनाएका थिए । उनले एउटा किराना पसलबाट मट्टितेल किनेर केटीको घर पुगे । केटीले ढोका खोल्दा घरमा अर्का एक नाबालक सुतिरहेका थिए । शुभमले पहिले सुतिरहेका केटालाई इँटाले आक्रमण गरे, त्यसपछि केटीको घाँटी थिचेर हत्या गरे । त्यसपछि उनले दुवै शवमा मट्टितेल खन्याएर आगो लगाएर प्रमाण नष्ट गर्ने प्रयास गरे ।

विधायकसहित दर्जनौंमाथि एफआईआर दर्ता

घटनापछि इलाकामा तनाव बढेको थियो । आक्रोशित स्थानीयले सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए । यस सम्बन्धमा, महागठबंधनका फुलवारी विधायक गोपाल रविदाससहित १० जना र ३० अज्ञात व्यक्तिमाथि एफआईआर दर्ता गरिएको छ । प्रहरीले भिडियो फुटेजको आधारमा अन्य व्यक्तिको पहिचान गरिरहेको छ ।


सम्बन्धित समाचार