Logo

१९ साउन,इस्लामाबाद । पाकिस्तानले इरानको शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जाको प्रयोग गर्ने अधिकारलाई समर्थन गर्ने औपचारिक घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान भ्रमणमा रहेका इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँगको संयुक्त कार्यक्रममा यस्तो समर्थन व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री शरीफले इरानमाथि हालै भएको इजरायली हमलाको निन्दा गर्दै, आत्मरक्षाका लागि इरानले देखाएको तत्परताको प्रशंसा समेत गर्नुभयो। उहाँले मुस्लिम मुलुकहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

शान्ति र आतङ्कवादविरोधी साझा दृष्टिकोण
संयुक्त पत्रकार सम्मेलनमा इरानी राष्ट्रपति पेजेश्कियानले इजरायललाई क्षेत्रीय अस्थिरता फैलाउने शक्तिको रूपमा चित्रित गर्दै, मुस्लिम देशहरू शान्ति र स्थायित्वको पक्षमा एकजुट हुनुपर्ने बताउनुभयो। दुवै नेताबीच क्षेत्रीय शान्ति, आतङ्कवादविरुद्धको साझा दृष्टिकोण, तथा आर्थिक र रणनीतिक सहकार्य विस्तारका विषयमा सहमति भएको छ।

१२ समझदारीपत्रमा हस्ताक्षर
पाकिस्तानको सरकारी समाचार संस्था एसोसिएटेड प्रेस अफ पाकिस्तान (ब्एए) का अनुसार, दुवै देशबीच व्यापार, कृषि, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, नवप्रवर्तन, र समुद्री सुरक्षा लगायतका क्षेत्र समेटिएका १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यी सम्झौताहरूले पाकिस्तान–इरान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ। रणनीतिक साझेदारीलाई सुदृढ गर्दै क्षेत्रीय स्थायित्व र आर्थिक सहकार्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार