२१ साउन,काठमाडौं । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा चुनाव गर्ने मिति प्रस्ताव गरेका छन्।
उनले प्रमुख निर्वाचन आयुक्तलाई पत्र लेखी आउँदो वर्ष रमजान अघि, फेब्रुअरी महिनामा चुनाव गराउन अपील गर्ने बताएका छन्। युनुसले भने, “बंगलादेशको लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन आगामी फेब्रुअरीमै चुनाव सम्पन्न गरिनुपर्ने देखिन्छ।”
यो सम्बोधन शेख हसिनाको सरकार पतन भएको एक वर्ष पूरा भएको अवसरमा गरिएको थियो। गत वर्ष ५ अगस्ट २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले जनआन्दोलनको दबाबमा सत्ता त्यागेकी थिइन्।
सरकारको पतनको एक वर्ष पुगेको अवसरमा बंगलादेशभरि हजारौं नागरिकले विभिन्न ¥याली र जुलुसमा सहभागिता जनाएका थिए। जनताले नयाँ चुनाव र स्थायी राजनीतिक स्थायित्वको माग गर्दै प्रदर्शन गरेका थिए।
युनुसको सम्बोधनले अबको राजनीतिक दिशा र आगामी निर्वाचनको स्पष्ट संकेत दिएको छ। देशमा स्थायित्व र लोकतान्त्रिक अभ्यास पुनस्र्थापनाको प्रक्रियामा यो सम्बोधन निर्णायक बन्ने देखिएको छ।
















