Logo

२१ साउन,सिरहा । सिरहाको नरहा गाउँपालिका–३ अन्तर्गत चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य मधुवनी जिल्लाको बेलही पञ्चायत–३ का ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डल रहेका छन्। उनीहरू एकै मोटरसाइकलमा सवार थिए।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकी जाँच गर्दा लुकाइछिपाइ गरिएको नलकटुवा पेस्तोल फेला पारेको थियो।

पक्राउ परेका तीनै जनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले घटनाको थप विवरणहरू सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।

प्रहरीले हालसम्मको अनुसन्धानमा अरु कुनै आपराधिक क्रियाकलापमा संलग्न रहेको भेटिएको नभएको बताएको छ। प्रहरीले घटना अनुसार आवश्यक कारबाही अघि बढाइरहेको छ।


सम्बन्धित समाचार