Logo

२२ साउन, बारा । बाराको कलैया उपमहानगरपालिका–३ गङ्गापुरमा बुधबार पोखरीमा डुबेर एक ७ वर्षीय बालकको ज्यान गएको छ ।

मृत्यु हुने बालक गङ्गापुरका रामईश्वर साहका छोरा सञ्जीत साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीय छठ पर्वका लागि निर्माण गरिएको पोखरीमा डुबेर सञ्जीतको ज्यान गएको हो ।

पोखरीमा डुबेको अवस्थामा भेटिएका उनलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि कलैयास्थित आशीर्वाद अस्पताल लगेका थिए । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।घटनाबारे प्रहरी निरीक्षक खेम नेपालले पुष्टि गरेका छन् ।

स्थानिय तहमा बालबालिकाको सुरक्षालाई लिएर पुनः सोच्नुपर्ने अवस्था देखिएको स्थानीयको भनाइ छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार