Logo

१६ फागुन,वीरगञ्ज । बिल बिजकभन्दा बढी लत्ताकपडाहरु लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट ना ६ ख ६२ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाण्डौँतर्फ गईरहेको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोली फागुन १४ आईतबार चेकजाँचका लागि रोकेको थियो । चेकजाँचको क्रममा उक्त ट्रकमा बिल बिजक शकांस्पद देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्रक र ट्रकमा लोड रहेका लत्ताकपडाहरुको मूल्यांकन ९२ लाख ८८ हजार ४८ कायम गरि थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार