Logo

१८ फागुन,वीरगञ्ज । वीरगञ्जमा रहेको बसपार्कको अवस्था दिन प्रतिदिन जिर्ण बन्दै गईरहेको छ । ०७५ मंसिर २९ गते बसपार्क निर्माण सम्पन्न भएको ४ वर्ष नपुगदैं बाटो भतकिन थालिएको छ ।

बसपार्क निर्माणका लागि जर्मन विकास बैंकले वीरगञ्ज नगर विकास कोषमार्फत ऋण दिएको थियो । ९० प्रतिशत ऋण, ७.५ प्रतिशत सरकारी अनुदान र २.५ प्रतिशत महानगरपालिकाको लगानीमा बसपार्क निर्माण गरिएको हो । ५ विगाहा ५ कठ्ठामा रहेको छ । बसपार्क निर्माणको जिम्मेवारी आशिष–पप्पु–रोशन जेभीले पाएका थिए । निमार्णको लागत १७ करोड ७३ लाख ५० हजार ६ सय ३ रुपैयाँ ८० पैस रहेको महानगरपालिकाले जनाएको छ ।

बसपार्कको उदघाटन तत्कालीन उपप्रधान, एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । बसपार्कमा ४ तले टर्मिनल भवनमा ५५ वटा सटर रहेको छ । तर बसर्पाक पूणरुपले संचालनमा आउन सकेको छैन । बसर्पाक भित्र गाडी प्रवेश गर्दा र्पाकिङ्ग शुल्क ढाट शुल्क र अन्य शुल्क लिने गरेको बस व्यसायीले बताएका छन् । बसर्पाक भित्र पेसेन्जरको लागी केहि व्यस्था नरहेको कारण सडक पेटीमै आफ्नो काउन्टर राखेर टिकट काट्ने गरेका छन् ।

भित्र रहेका सटरको भाडाँ चर्को भएकोले आफुहरुले काउटर संचालन गर्न नसकेको बस व्यवसाय बताएका छन । भारतबाट आएका सर्वसाधारण बाटो छेउमै आफ्नो सामान राखेर टिकट लिने गरेका छन् । बसर्पाक भित्र सर्वसाधारणको लागी केहि व्यस्था छैन । उनीहरु संग रहेको लगेज तथा अन्य सामान राख्ने समेत ठाउँ नभएको यात्रीहरुको गुनासो गर्ने गरेका छन् ।

 


सम्बन्धित समाचार