४ भदौ, बारा । बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित मंगलबार एक महिलालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोल बस्ने करिब ४० वर्षीया पार्वती महतो पक्राउ परेकी हुन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको नेतृत्वमा खटिएको टोलीले उनको घर खानतलासी गर्दा १० ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित महतोलाई पक्राउ गरेको हो ।
महतोले घरभित्र कपडाको झोलामा राखिएको प्लाष्टिकको सानो बट्टाभित्र लुकाइराखेको अवस्थामा लागुऔषध ब्राउनसुगर भेटिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए ।
पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।















